लकडाउनमा सरसफाइ : जलकुम्भी फाल्ने मेसिनले निकाल्यो २ ट्रक फोहोर

समाधान संवाददाता २०७७ जेठ १ गते ६:३५

पाेखरा

Advertisement

लकडाउनका बेला पोखरा–१७ ड्यामसाइडको सिँचाइ कुलोमा सरसफाइ गरिएको छ । वडा नम्बर ६ का वडासदस्य हरि पहारीको सक्रियतामा पोखराको बिरौटा, पावरहाउस, छोरेपाटन लगायतका ठाउँमा सिँचाइका लागि प्रयोग हुने कुलोको बुधबार बिहान सरसफाइ गरिएको हो ।

वडा सदस्य पहारीका अनुसार त्यहाँ प्लास्टिक, पेय पदार्थका बोटल, मोटरसाइकलको हेल्मेट, जुत्ताचप्पल जम्मा भएको थियो । पोखरा–१७ को स्थानीय टोल सुधार समिति र क्लबसँग मिलेर जलकुम्भी झार फाल्ने मेसिनको प्रयोगबाट २ ट्रक फोहोर संकलन गरिएको उनले बताए ।

Advertisement

‘५ दिनअघि त्यता टहलिँदै जाँदा त्यहाँ फोहोर देखेको थिएँ । महानगरपालिकामा मेसिनका अप्रेटरलाई भनेको थिएँ,’ उनले भने, ‘हिजो सामाजिक संजालमा त्यही ठाउँको फोटो देखें । तत्कालै अप्रेटरलाई भनेर आज सफा ग¥यौं ।’

सिँचाइ कार्यालय आडैमा भएपनि फोहोर व्यवस्थापनमा कुनै चासो नदिएको उनको गुनासो छ । उनले भने, ‘त्यहीँ नजिकै सिँचाइ कार्यालय छ । तर, त्यस्तो फोहोर हुँदा पनि कुनै चासो दिएको पाइएन ।’ संकलित फोहोरलाई पोखरा ३१ स्थित ल्यान्डफिल साइटमा व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया