भीरकोटको राहत कोषमा शिक्षकले दिए साढे ७ लाख

समाधान संवाददाता २०७७ जेठ १ गते ६:४३

भीरकोट, १ जेठ

Advertisement


कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भीरकोटबासीका लागि राहत होस् भनी विभिन्न संघसंस्थाहरुले राहत दिइरहेका छन् । सामुदायिक दरबन्दीका शिक्षकले ३ दिनको तलब काटी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी ७ लाख ५० हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
भीरकोट नगरपालिका वडा न ५ निवासी हाल रोजगारीको सिलसिलामा दुबईमा कार्यरत मानसिंह कुँवरले श्रीमती पवित्रा कुँवरमार्फत कोषमा जम्मा हुने गरी १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम बुझ्दै प्रमुख खनालले कोभिड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोटबासीलाई नगरपालिका एक्लैले मात्र सहयोग गर्न नसक्ने भएकाले सबै मनकारीको सहायता अपिल गरे ।

प्रमुख खनालले ९ वटै वडाका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत वितरण भएको सुनाए । भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २४ लाख ८३ हजार ३ सय ६७ रुपैयाँ जम्मा भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया