गण्डकी प्रदेशमा थप १ जनालाई कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २४६ पुग्यो

समाधान संवाददाता २०७७ जेठ १ गते १३:०६

समाधान संवाददाता

गण्डकी प्रदेशमा पुनः १ जनामा कोरोना पुष्टि भएकाे छ ।

नवलपुरको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका पुरुष भारतबाट आएको खुलेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले पुन संक्रमण देखिएकाले सुरक्षीत रहन आग्रह गरेको छ ।

यसअघि बाग्लुङकी १९ वर्षीय युवती र ६५ वर्षीय वृद्धामा कोरोना देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया