राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण
समाधान संवाददाता
२०७७ जेठ १ गते २१:२८

पोखरा
राष्ट्रिय संगितकर्मी संघ कास्कीले ४० जना कलाकारलाई राहत वितरण गरेको छ । काेराेनाकाे डरले गरिएकाे लकडाउनले चुलाे बाल्न समस्या परेकालाई राहत वितरण कार्य निरन्तरता दिइने कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहलले कलाकारहरुलाई परेको मर्काम सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका सल्लाहकार राजेन्द्र सापकोटा, सल्लाहकार कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको उपस्थित लगायतले राहत बाँडेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया