जातीय विभेदका आरोपित धरौटीमा रिहा

समाधान संवाददाता
पोखरा, १ जेठ
जातीय विभेदको आरोपमा पक्राउ परेका पोखराको बाटुलेचौरका ३ जना धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कास्कीमा थुनछेक बहसपछि बुधबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले आरोपित राम जिसी, जनक थापा र देवबहादुर थापालाई जनही १ लाख ७० हजार रुपयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
वैदेशिक रोजगारीमा रहेका समर परियारको निधन भएपछि उनको किरिया बस्न पोखरा १६ बाटुलेचौरको सार्वजनिक जग्गामा बनेको किरियापुत्री भवन नदिएको आरोप उनीहरुमाथि छ । किरियापुत्री भवनको चाबी नदिएर जातीय विभेद गरेको भन्दै स्थानीय मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि वैशाख २३ मा ३ जना पक्राउ परेका थिए ।
सार्वजनिक जग्गामा सरकारी सहयोग लिएर क्षत्री समाज वडा इकाइले उक्त भवन बनाएको थियो । उक्त भवन नपाएपछि अन्यत्रै किरियाकर्म गरिएको मोहनले बताए । ३ जना पक्राउ परेपछि प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले उच्छृंखल समूहले सामान्य घटनालाई जातीय रुप दिएको दिएको खेद व्यक्त गरेका थिए । उक्त विज्ञप्तिपछि थापा पनि विवादमा मुछिएका छन् ।






फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया