जातीय विभेदका आरोपित धरौटीमा रिहा

समाधान संवाददाता २०७७ जेठ १ गते २१:३४

समाधान संवाददाता
पोखरा, १ जेठ

जातीय विभेदको आरोपमा पक्राउ परेका पोखराको बाटुलेचौरका ३ जना धरौटीमा रिहा भएका छन् ।


जिल्ला अदालत कास्कीमा थुनछेक बहसपछि बुधबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले आरोपित राम जिसी, जनक थापा र देवबहादुर थापालाई जनही १ लाख ७० हजार रुपयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement

वैदेशिक रोजगारीमा रहेका समर परियारको निधन भएपछि उनको किरिया बस्न पोखरा १६ बाटुलेचौरको सार्वजनिक जग्गामा बनेको किरियापुत्री भवन नदिएको आरोप उनीहरुमाथि छ । किरियापुत्री भवनको चाबी नदिएर जातीय विभेद गरेको भन्दै स्थानीय मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि वैशाख २३ मा ३ जना पक्राउ परेका थिए ।

सार्वजनिक जग्गामा सरकारी सहयोग लिएर क्षत्री समाज वडा इकाइले उक्त भवन बनाएको थियो । उक्त भवन नपाएपछि अन्यत्रै किरियाकर्म गरिएको मोहनले बताए । ३ जना पक्राउ परेपछि प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले उच्छृंखल समूहले सामान्य घटनालाई जातीय रुप दिएको दिएको खेद व्यक्त गरेका थिए । उक्त विज्ञप्तिपछि थापा पनि विवादमा मुछिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया