स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाईको क्यालेन्डर विमोचन

समाधान संवाददाता २०७७ जेठ १ गते २१:४९

समाधान संवाददाता
पोखरा, १ जेठ


नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिले २०७७ सालको क्यालेन्डर विमोचन गरेको छ ।


‘आफू पनि बचौं अरुलाई पनि बचाऔं’ भन्ने मान्यतालाई मनन गर्दे सामाजिक सचेतना जगाउँदै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा क्यालेन्डर विमोचन गरिएको हो ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई अध्यक्ष दीपक कार्कीले भित्रेपात्रो सार्वजनिक गर्दै श्रमिक संघ जहिले पनि रचनात्मक काम गर्दै कलेजको बृद्धि विकासमा लागेको बताए ।

Advertisement


भित्रेपात्रो प्रकाशन समितिका संयोजक हरिबहादुर बस्नेतले यस विषम परिस्थितिमा सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरेका थिए । इकाई अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष डा. शंकर पौडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव राजन पोख्रेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया