लुम्बिनी विकास बैंकले बाँड्याे लेकसाइडमा राहत

समाधान संवाददाता २०७७ जेठ १ गते २१:५४

समाधान संवाददाता
पोखरा, १ जेठ

लुम्बिनी विकास बैंकले पोखरा ६ लेकसाइडमा विपन्नलाई लक्ष्य गरेर ५० हजार बराबरको सामग्री हस्तान्तण गरेको छ । कोभिड—१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरको बन्दाबन्दीका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग गरेको हो ।

Advertisement

पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाइड, बैदाम आसपासको क्षेत्रमा समस्यामा परेका विपन्न वर्गलाई राहात वितरण गरिएको हो । बैंकले ५ सय केजी चामल, ५० केजी दाल, ५० केजी चना, ५० लि. भट्टमास तेल र ५० पोका नुन लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको लेकसाइड शाखाका शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले बताए ।

बैंकका तर्फबाट सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराज पराजुलीले संयुक्त रुपमा वडा नम्बर ६ का वडाअध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरेको हो । वडाध्यक्ष पहारीले विपदको समयमा बैंकले गरेको सहयोगले लक्षित वर्गमा थोरै भए पनि राहात मिल्ने बताए ।

Advertisement

त्यस्तै सञ्चालक सिग्देलले बैंकले यस प्रकारको राहात सामग्री हस्तान्तरण तथा वितरण कार्यक्रम गत वैशाख महिनामा पोखरा महानगरपालिकाको वडा नम्बर १५ र १७ लगायत देशको विभिन्न स्थानमा गरिसकेको जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको र त्यसको निरन्तरता रहने समेत बताए ।
कार्यक्रममा वडा सदस्य हरिकृष्ण पहारी, राममाया विक, बैंकका प्रबन्धक प्रकाशचन्द्र पहारी र कर्मचारी सहभागी थिए ।

लुम्बिनी विकास बैंकको ७ वटै प्रदेशमा उपस्थिति छ । हाल देशका विभिन्न जिल्लामा ६८ शाखा कार्यलय मार्फत् आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । जस मध्ये पोखरा महानगरपालिकामा न्युरोड, महेन्द्रपूल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाको चौतारा गरी ८ शाखा सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया