नेपाली भूमि जाेगाउन क्षेत्री समाजको आन्दोलन चेतावनी
समाधान संवाददाता
२०७७ जेठ २ गते ६:०९

पाेखरा
पाली भूमि अतिक्रमण गरिएको विरोधमा क्षेत्री समाज नेपालले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । कोरोना प्रभावले विश्व नै थलिएकोबेला भारतले नेपाली भूमिमाथि गरेको अतिक्रमणमाथि समाजले आपत्ति जनाएको छ ।
समाजले ७७ वटै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । कास्कीमा पनि सिडिओ ज्ञानप्रसाद ढकाललाई समाजका केन्द्रीय अध्यक्ष प्राडा दिल बहादुर क्षेत्री र महासचिव केशबहादुर केसीद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाइएको थियो ।
अविलम्ब सरकारले कूटनीतिक पहलद्वारा नेपाली भूमि फिर्ता र सिमा सुरक्षामा प्रभावकारी कदम चाल्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
पत्र बुझ्दै सिडिओ ढकालले सम्बन्धित कार्यालयमा पठाउने बताए । कोरोना रोकथामका लागि समाजले नेपालीमा एकताबद्ध र सजग हुन अनुरोध गरेको छ ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया