नेपाली भूमि जाेगाउन क्षेत्री समाजको आन्दोलन चेतावनी

समाधान संवाददाता २०७७ जेठ २ गते ६:०९

पाेखरा

पाली भूमि अतिक्रमण गरिएको विरोधमा क्षेत्री समाज नेपालले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । कोरोना प्रभावले विश्व नै थलिएकोबेला भारतले नेपाली भूमिमाथि गरेको अतिक्रमणमाथि समाजले आपत्ति जनाएको छ ।

समाजले ७७ वटै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । कास्कीमा पनि सिडिओ ज्ञानप्रसाद ढकाललाई समाजका केन्द्रीय अध्यक्ष प्राडा दिल बहादुर क्षेत्री र महासचिव केशबहादुर केसीद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाइएको थियो ।
अविलम्ब सरकारले कूटनीतिक पहलद्वारा नेपाली भूमि फिर्ता र सिमा सुरक्षामा प्रभावकारी कदम चाल्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

Advertisement

पत्र बुझ्दै सिडिओ ढकालले सम्बन्धित कार्यालयमा पठाउने बताए । कोरोना रोकथामका लागि समाजले नेपालीमा एकताबद्ध र सजग हुन अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया