काफ्लेले गरे आरडिटी किट सहयोग

समाधान संवाददाता २०७७ जेठ २ गते ६:१३

समाधान संवाददाता
स्याङ्जा, २ जेठ


विश्वभर कोरोनाको महामारी फैलिएको अवस्थामा स्याङ्जाका पत्रकार अर्जुन काफ्लेले ( र्‍यापिड डायग्नोस्टिक टेस्ट–आरडिटी) किट सहयोग गरेका छन् । कोरोना परीक्षणका लागि किट अभाव भएपछि काफ्लेले जिल्ला विपद व्यवस्थापन समितिलाई २० थान आरडिटी किट सहयोग गरेका हुन् ।


नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्षसमेत रहेका काफ्लेले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङलाई किट हस्तान्तरण गरे । ‘पत्रकारको पेसा एकातिर छ, तर अर्कोतिर देश संकटमा रहेका बेला कोरोना संक्रमितको एन्टिबडी पत्ता लगाउने किट जिल्लामा दिएर सानो सहयोग गरेको हुँ,’ काफ्लेले भने ।

Advertisement


गोरखापत्रकर्मी काफ्लेले यसअघि अर्जुनचौपारीको विपद व्यवस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग गरेका थिए । जिल्लामा किट अभाव भइरहेका बेला जिल्ला विपद कोषलाई काफ्लेले किट सहयोग गरेर महत्वपूर्ण दायित्व निर्वाह गरेको प्रजिअ कुरुङबाङले बताए ।


त्यस्तै कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको बेला परीक्षण दायरा बढाउन स्याङ्जाका ३ पालिकाले आरडिटी किट खरिद गरेका छन् ।

Advertisement

स्याङ्जाको आँधीखोला, फेदीखोला र कालिगण्डकी गाउँपालिकाले १/१ सय किट काठमाडौंबाट खरिद गरेका हुन् ।


प्रशासनको पहलमा सय थान किट १ लाख रुपैयाँमा किनेको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । परीक्षणको दायरा बढाउन पालिका स्वयं जागरुक हुनुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया