काेराेनाले विश्वभर ३ लाख २ हजारकाे ज्यान लियाे

समाधान संवाददाता २०७७ जेठ २ गते ६:२६

पाेखरा

कोरोना संक्रमणले विश्वभर ३ लाख भन्दा बढीकाे ज्यान लिएकाे छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख २ हजार २५ छ।

मृत्यु हुनेहरुको देशमा अमेरिकामा सबैभन्दा अग्रपंक्तिमा छ। त्यहाँ ८५ लाख ८ सय १३ को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३३ हजार ६ सय ९३, इटालीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २८ को मृत्यु भइसकेको छ।

Advertisement

यसैबीच, विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिएको देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ १४ लाख १६ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।

रुसमा २ लाख ५२ हजार २ सय ४५, बेलायतमा २ लाख ३४ हजार ४ सय ३९, स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

विश्वभर १५ लाख ८५ हजार २ सय ८६ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ २ लाख ४६ हजार ४ सय १४ जना संक्रमणमुक्त भइसकेका छन्।

जर्मनीमा १ लाख ५० हजार ३ सय, स्पेनमा १ लाख ४३ हजार ३ सय ७४, इटालीमा १ लाख १५ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया