कोरोना सधैंभरि रहन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

समाधान संवाददाता २०७७ जेठ २ गते ६:३४

एजेन्सी

विश्व स्वास्थ्य सगठनले कोरोना भाइरस सधैँका लागि नहट्ने चेतावनी दिएको छ ।

बिहीबार संगठनका आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरस सधैँका लागि कहिल्यै नजान सक्ने बताएका हुन् ।

Advertisement

उनले खोप पत्ता लागे पनि संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन ठूलो बल आवश्यक पर्ने बताएका हुन् ।

अहिलेसम्म करिब तीन लाख मानिसले ज्यान गुमाइसकेको कोरोना भाइरसको संक्रमण ४३ लाखभन्दा बढी मानिसमा भइसकेको छ ।

Advertisement

संगठनले कोरोना भाइरसका कारण कैयौँ मानिसको मानसिक अवस्थामासमेत असर परिरहेको बताएको छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा कम लगानी रहेका देशमा लकडाउनले समस्या उत्पन्न गराएको संगठनले उल्लेख गरेको हो ।

त्यसकारण संगठनले धेरैजसो देशहरूलाई मानसिक स्वास्थ्यका क्षेत्रमासमेत काम गर्न सुझाब दिएको छ ।

जेनेभामा भएको भर्चुअल सम्मेलनमा डा. रायनले ‘यो भाइरस हाम्रो समुदायको दोस्रो महामारीका रूपमा रहन सक्ने र यो कहिलै नहट्न सक्छ’ भनेका छन् ।

उनले भनेका छन्, ‘एचआईभी गएको छैन, यो भाइरस पनि यस्तै रहन सक्छ ।’

उनले जसरी दादुरा खोप बने पनि पूर्ण रूपमा हटेको छैन, त्यसैगरी खोप बने बनेपछि पनि कोरोना पनि त्यसरी नै रहिरहने बताएका छन् । 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस एडनम घेबरायसले भाइरसको नियन्त्रणका लागि प्रत्येकले आफ्नो क्षेत्रबाट कडाइका रूपमा सुरक्षाका उपायहरू अपनाउन आवश्यक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया