जेठ ५ गते पछि लकडाउन थपिएला ?

समाधान संवाददाता २०७७ जेठ २ गते १४:४६

समाधान संवाददाता

पछिल्लो समय नेपालमा तिव्ररुपमा फैलिएको कोरोना संक्रमणका कारण लकडाउन थप गर्ने नगर्ने भन्नेबारे छलफल थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालभर २ सय ५८ जनामा संक्रमण देखिएको छ ।

विशेषगरी तराइका जिल्लामा संक्रमण उच्चदरमा बढिरहेकाले सरकारले जेठ ५ गतेसम्म कायम राखेको लकडाउन थप गर्ने दबाबमा स्वभाविक रुपमा परिरहेको देखिन्छ । खुला सिमाना र छिमेकी मुलुक भारतमा रेल सञ्चालन भएसँगै नेपाल प्रवेश गर्नेको संख्यामा पनि बढेकाले सरकारले लकडाउन कायम राख्ने मनसायमा पुगेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले बताएका छन् ।

Advertisement

तर, कति दिन अझ लम्ब्याइने भन्नेबारे शनिबार समितिले छलफल गरेर मात्र मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको छ । समितिले लकडाउनलाई व्यवस्थित गर्न जनस्वास्थ्य विज्ञसँग छलफल गरिरहेको जनाएको छ ।

लकडाउन लम्ब्याएसँगै परीक्षणको दायरा बढाएर लैजान विज्ञको सुझाव छ । स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण फैलिएपछि फ्रन्टलाइनमा खटिनेहरु सबैको सुरक्षामा गम्भीर बन्न उनीहरुको आग्रह छ ।

Advertisement

तपाईको प्रतिक्रिया