उदयपुरमा पत्रकारलाई काेराेना, साँझमा थपिए ९ संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २ गते २०:५६

पाेखरा
नेपालका काेराेना संक्रमित ९ जना थपिएका छन् । याेसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ६७ पुगेकाे छ । तीमध्य ३६ जना उपचारपछि फर्केका छन् ।
शुक्रबार साँझ उदयपुर, पर्सा, दाङ र काठमाडाैंमा संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
उदयपुरमा पुष्टि भएकामध्ये १ जना पुरुष पत्रकार रहेकाे स्थानीय सञ्चारकर्मीले बताएका छन् । यसअघि वीरगन्जका २ पत्रकारमा काेराेना देखिएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया