कोरोनाबाट मृत्युबारे मन्त्रालयले पुष्टि गरेन, थप अध्ययन हुँदै

समाधान संवाददाता
धुलिखेल अस्पतालमा बिहीबार निधन भएकी सुत्केरी महिलाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक धारणा थप परीक्षण पछि मात्र सार्वजनिक गर्ने भएको छ ।
उनको निधन कोरोना भाइरसकै कारण भए नभएको पत्तो लगाउन थप परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस बिफ्रिङ मार्फत जानकारी दिए ।
कोरोना भाइरसकै कारण उनको मृत्यु भएको भन्नेबारे विभिन्न सञ्चार माध्यममा खबर आइरहेका छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार सिन्धुपाल्चोक निवासी २९ वर्षीया ति महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन । २४ गते उनको नर्मल सुत्केरी भएको थियो । २५ गते डिस्चार्ज भएको उनले बताए ।
डिस्चार्ज भई सिन्धुपाल्चोक घरमा गएकी महिलामा ज्वरो, श्वासप्रश्वासको समस्या देखिएको थियो । स्थानीय अस्पतालहरुमा उपचार गराइरहेको र स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारको लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा निधन भएको उनले जानकारी दिए । ‘यससम्बन्धमा थप विवरण लिइरहेको र कोरोना सम्बन्धी परीक्षणहरु भइरहेको छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘थप परीक्षणको विवरण प्राप्त भए पछि मात्र स्वास्थ्य मन्त्रालयले निक्र्यौल गरेर प्रसारण गर्ने छ ।’
तपाईको प्रतिक्रिया