लायन्स पिससिटीकाे अध्यक्षमा रामप्रसाद अधिकारी

समाधान संवाददाता २०७७ जेठ ३ गते १७:१८

समाधान संवाददाता
लायन्स क्लब अफ पोखरा पिस सिटीलेअनलाइन(भर्चुअल) बैठकबाट लायन वर्ष २०२०/२०२१ का लागि नयाँ नेतृत्व चयन गरेको छ । कोभिड–१९ (कोरना भाईरस) महामारीका कारण मुलुकभर कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको पूर्णपालना गर्दै क्लबले शनिबार निर्वाचन गरेको छ ।

लायन वर्ष २०२०/२१ को लागि प्रस्ताविक अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको छ । क्लबले प्रथम उपाध्यक्ष राजेश रानाभाट, द्वितीय उपाध्यक्ष हरिप्रसाद अधिकारी, तृतीय उपाध्यक्ष युवराज खनाल, सचिव दीपेन्द्र चालिसे, क्लब प्रशासक ज्ञानेन्द्र थापा, कोषाध्यक्ष प्रमोद ओझा र सह–कोषाध्यक्ष पुष्पराज पौडेल चयन गरेकोे छ ।

मेम्बरसिप चियरपर्सन तीर्थराज सुवेदी, एलसिआइफ कोर्डिनेटर दिवस कँुवर, क्लब सर्भिस चेयरपर्सन रविकुमार श्रेष्ठ, क्लब कम्युनिकेसन एन्ड मार्केटिङ चेयरपर्सन लोकेन्द्र अर्याल चुनिए । निर्देशकहरुमा राजेन्द्र ढकाल, शैलेश रायमाझी, बलराम केसी, डा असिम सुवेदी, लोकनाथ अधिकारी, रमेश बराल लगायत चयन भएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष हरिराम पराजुलीले जानकारी दिए ।

Advertisement

क्लबका अध्यक्ष अर्जुन सिग्देलकोे अध्यक्षतामा बसेको अनलाइन बैठकले विषम परिस्थितिमा पनि लायन्सले पु¥याउँदै आएको सेवा, आममानिसले भोग्नुपरेका समस्याका सम्बन्धमा गहन छलफल गरी तत्काल चाल्नुपर्ने कदमका विषयमा आवश्यक निणर्यसमेत गरिएको क्लबका सचिव युवराज खनालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया