नेपालमा काेराेनाबाट १ जनाकाे निधन, संक्रमितकाे संख्या २ सय ८१ पुग्याे

पाेखरा
नेपालमा काेराेनाबाट १ जनाकाे निधन भएकाे छ । स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको हाे ।
रस्वास्थ्य मन्त्रालयले शनिबार अबेर विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको पुष्टि गरेकाे हाे ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी २९ वर्षीय ती महिलाको २५ गते डिस्चार्ज भएको थियो।
सिन्धुपाल्चोक बाह्रबिसे राम्चेकी ती महिला बिहीबार श्वासप्रश्वासमा समस्या उत्पन्न भई धुलिखेल अस्पताल ल्याउँदा उनको निधन भएको थियो।
धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो।
यसैबीच नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८१ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया