लायन्स पाेखरा भिजिटमा कमल पाैडेल

समाधान संवाददाता २०७७ जेठ ४ गते १६:२६

पाेखरा

लायन्स क्लब अफ पोखरा भिजिटको लायन वर्ष २०२०/२१ काे अध्यक्षमा कमल पाैडेल निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष महेन्द्र सापकोटा, प्रथम उपाध्यक्ष सुवास पौडेल,द्वित्तीय उपाध्यक्ष बाबुराम तिवारी राजेश, तृतीय उपाध्यक्ष सुरेन्द्र लामिछाने, सचिव रामहरि वाग्ले, सहसचिव गणेश भण्डारी, कोषाध्यक्ष रामकृष्ण पौडेल (सुमित) सहकाेषाध्यक्ष ढकनाथ ढुंगाना निर्वाचित भए ।

Advertisement

मेम्बरसिप चेयरपर्सन वसुदेव आचार्य, एलसिआइएफ कोअर्डिनेटर महेश रेग्मी, सर्भिस चेयरपर्सन रामकृष्ण भण्डारी, क्लब मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सन सूर्य सापकोटा चयन भए । हेल्थ डाइरेक्टर राजु पौडेल, सा‌ंस्कृतिक डाइरेक्टर कमलप्रसाद पौडेल, खेलकुद डाइरेक्टर पोमिल लामिछाने, वातावरण निर्देशक धर्म शर्मा, ट्राभलिङ निर्देशक- चोलाकान्त पराजुली (लक्ष्मण) चयन भएका छन् ।

अन्तर क्लब समन्यव निर्देशक राधाकृष्ण बसौला (आरके बसौला ),टेल ट्विस्टर दीपक पोखेरल सल्लाहकारमा हिरामणि शर्मा, काशीराम शर्मा, भविश्वर पराजुली (दिपेश), सुबास आचार्य निर्वाचित भएका छन् ।

Advertisement

लकडाउनको समयमा अनलाइन प्रविधिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको क्लबका अध्यक्ष महेन्द्र सापकोटाले जानकारी दिए । २०१९/२० मा स्थापना भएको क्लबले स्थापनाको प्रथम वर्षमा नै सामाजिक कार्यमा अग्रणी स्थान हासिन गर्न सफल भएको सचिव लायन सुरेन्द्र लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया