बाँकेका युवाकाे मृत्यु पनि काेरानाबाटै

समाधान संवाददाता २०७७ जेठ ४ गते १७:०१

पाेखरा

बाँकेकाे नरैनापुरका युवककाे मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

वैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए।

Advertisement

बिहान ६ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो। राति ३ बजे वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो।


योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या २ पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण निधन भएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया