गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ बाट

भरत कोइराला
पोखरा, ४ जेठ
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सुरु हुने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा सभागृहमा अधिवेशन गरिने जानकारी दिए । आइतबार साँझ फेसबुक लाइभमा उनले भने, ‘अहिलेको भवनमा सामाजिक दुरी कायम गर्न नसकिने भएकाले पोखरा सभागृहमा सञ्चालन गर्ने गरी त्यहाँको वस्तुगत अवस्थिति अवलोकन गरेका छौं ।’
सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायत प्रदेश सभा सदस्यको टोली मुख्यमन्त्रीसँग पोखरा सभागृह पुगेको थियो । जेठ १० भित्र पोखरा सभागृह मर्मत गरिने मुख्यमन्त्री बताए ।
प्रदेश सभा अधिवेशनमा प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।
बजेटका बारेमा मुख्यमन्त्री गुरुङले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल, प्रमुख सचेतक मणिभद्र शर्मा, सचेतक ओमकला चालिसे गौतम, सांसदहरु ललितकला गुरुङ र विन्दुकुमार थापासमेतसँग छलफल गरेका छन् ।
आगामी बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सहमति गरेर अगाडि बढ्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाए ।
प्रदेश सभाको विधेयक अधिवेशन वैशाख २३ गते अन्त्य भएको थियो ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया