काेराेना संक्रमित ९ जना थपिए, मुलुभर ३ सय ४ जनामा संक्रमण
समाधान संवाददाता
२०७७ जेठ ५ गते ९:२७

पाेखरा
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ४ पुगेको छ । थप ९ जनामा सोमबार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा रौतहट र बाराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ६ र ९ का ७ जना पुरुष र माधवनारायण नगरपालिका–३ की २८ वर्षिया महिला छन् । ।
यस्तै बाराको करैयामाई–५ का ३८ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जनाए ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया