नेपालमा ५ पत्रकारमा काेराेना संक्रमण पुष्टि

समाधान संवाददाता २०७७ जेठ ५ गते १२:२२

पाेखरा

नेपालमा काेराेना संक्रमणकाे ग्राफ चुलिएका बेला हालसम्म ५ पत्रकारमा संक्रमण पुष्टि भएकाे छ ।

साेमबार बिहान बारा सदरमुकाम कलैयामा क्रियाशील ३८ वर्षे पत्रकारमा काेराेना पुष्टि भएकाे हाे । उनी बाराकै करैयामाई ५ का बासिन्दा हुन् ।

Advertisement

उनी गत शनिवार वडा कार्यालयमा भएको कार्यक्रममा सहभागी भएकाे थिए । स्थानीय भाषामा पञ्चायती भनिने कार्यक्रममा ३५ जना सहभागी थिए ।

प्रहरीले संक्रमित युवा कार्यरत स्थानीय एफएम र गाउँका संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरिरहेको छ।

Advertisement

बाराभन्दा अघि पर्सामा २, जनकपुरमा १, उदयपुरमा १ पत्रकारमा काेराेना पाेजेटिभ पुष्टि भइसकेकाे छ ।

तपाईको प्रतिक्रिया