वेदगुरु केदारनाथ तिमिल्सिनाको निधन
समाधान संवाददाता
पोखरा, ६ जेठ
पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पं केदारनाथ उपायध्याय तिमिल्सिनाको ९७ वर्षमा निधन भएको छ । सोमबार बेलुका ८ः२० बजे पोखरा–१८, चिसाखोला आफ्नै निवासमा कालगतिले उनको निधन भएको हो ।
मंगलबार बिहान ९ बजे तुलीघाटमा उनको अन्तिम संस्कार हुने परिवारले जनाएको छ । विसं १९८० फागुन १२ मा नुवाकोटको खनियाखर्क, धनेदेऊ मा जन्मेका उनी पोखरा आएर नारायण स्थानमा गुरु प्रेमचैतन्य व्रह्यचारी लगायतसँग अध्ययन गरेका थिए ।
चिसाखोलको मणि भन्ने ठाउँमा पुरानो मन्दिर जीर्णोद्वार गरी उनले अग्रीहोत्र यत्र चलाउँदै आएका थिए । पत्नी गृहकुमारीको जायजन्म नभइ पहिल्यै र दिव्यश्वरीको ७ वर्ष अघि निधन भइसकेको छ ।
उनका २ छोरा र ६ छोरी छन् । जेठा छोरा मोक्षनाथ तिमिल्सिना, कान्छा राजेन्द्रराज तिमिल्सिना हुन् । छोरीहरु तारादेवी अधिकारी, राधादेवी पराजुली, सरस्वती सुवेदी, योगमाया अधिकारी, नानीमाया चालिसे, लक्ष्मी सापकोटा हुन् । २ छोरी तारादेवी अधिकारी, राधादेवी पराजुलीको निधन भइसकेको छ ।
तपाईको प्रतिक्रिया