वेदगुरु केदारनाथ तिमिल्सिनाको निधन

समाधान संवाददाता
पोखरा, ६ जेठ
पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पं केदारनाथ उपायध्याय तिमिल्सिनाको ९७ वर्षमा निधन भएको छ । सोमबार बेलुका ८ः२० बजे पोखरा–१८, चिसाखोला आफ्नै निवासमा कालगतिले उनको निधन भएको हो ।
मंगलबार बिहान ९ बजे तुलीघाटमा उनको अन्तिम संस्कार हुने परिवारले जनाएको छ । विसं १९८० फागुन १२ मा नुवाकोटको खनियाखर्क, धनेदेऊ मा जन्मेका उनी पोखरा आएर नारायण स्थानमा गुरु प्रेमचैतन्य व्रह्यचारी लगायतसँग अध्ययन गरेका थिए ।
चिसाखोलको मणि भन्ने ठाउँमा पुरानो मन्दिर जीर्णोद्वार गरी उनले अग्रीहोत्र यत्र चलाउँदै आएका थिए । पत्नी गृहकुमारीको जायजन्म नभइ पहिल्यै र दिव्यश्वरीको ७ वर्ष अघि निधन भइसकेको छ ।
उनका २ छोरा र ६ छोरी छन् । जेठा छोरा मोक्षनाथ तिमिल्सिना, कान्छा राजेन्द्रराज तिमिल्सिना हुन् । छोरीहरु तारादेवी अधिकारी, राधादेवी पराजुली, सरस्वती सुवेदी, योगमाया अधिकारी, नानीमाया चालिसे, लक्ष्मी सापकोटा हुन् । २ छोरी तारादेवी अधिकारी, राधादेवी पराजुलीको निधन भइसकेको छ ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया