मुख्यमन्त्रीसहित १ सय ४६ जनाको स्वाब संकलन

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित ६ जना मन्त्रीहरुको कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ ।
मन्त्रीसहित मन्त्रालयका सचिव, कर्मचारी सहित पिएओ, सुरक्षाकर्मी गरी १ सय ४६ जनाकाे स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । सम्भावित जोखिमबाट सतर्क रहन पिसिआर परीक्षण गरिन लागेकाे उनले बताए ।
‘संसद बैठक सुरु हुँदैछ । संसदमा सहभागि हुने सबै सांसद र कर्मचारीहरुको पनि परीक्षण गर्ने तयारी छ,’ उनले भने, मुख्यमन्त्री र मन्त्री सहित कर्मचारीहरुको आज भयो । सभामुख सहित अन्य सांसदको भोलि बुधबार स्वाब संकलन गर्ने तयारी छ ।’
संसदको बजेट अधिवेशन जेठ ११ गते आह्वान गरिएको छ । सभामुख सहित अन्य सांसदहरुको स्वाब संकलन बुधबार बैठक आह्वान गरिएको स्थल पोखरा सभा गृह हलमा नै गरिने भएको उनले बताए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया