मुख्यमन्त्रीसहित १ सय ४६ जनाको स्वाब संकलन

समाधान संवाददाता २०७७ जेठ ६ गते ११:४०

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित ६ जना मन्त्रीहरुको कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ ।

मन्त्रीसहित मन्त्रालयका सचिव, कर्मचारी सहित पिएओ, सुरक्षाकर्मी गरी १ सय ४६ जनाकाे स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । सम्भावित जोखिमबाट सतर्क रहन पिसिआर परीक्षण गरिन लागेकाे उनले बताए ।

Advertisement

‘संसद बैठक सुरु हुँदैछ । संसदमा सहभागि हुने सबै सांसद र कर्मचारीहरुको पनि परीक्षण गर्ने तयारी छ,’ उनले भने, मुख्यमन्त्री र मन्त्री सहित कर्मचारीहरुको आज भयो । सभामुख सहित अन्य सांसदको भोलि बुधबार स्वाब संकलन गर्ने तयारी छ ।’

संसदको बजेट अधिवेशन जेठ ११ गते आह्वान गरिएको छ । सभामुख सहित अन्य सांसदहरुको स्वाब संकलन बुधबार बैठक आह्वान गरिएको स्थल पोखरा सभा गृह हलमा नै गरिने भएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया