विदेशमा ४५ लाख नेपाली छन्, फिर्ता ल्याउन सम्भव छैन–प्रधानमन्त्री ओली

समाधान संवाददाता २०७७ जेठ ६ गते १५:२१

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा झण्डै ४५ लाख नेपाली रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनीहरुलाई तत्काल नेपाल फिर्ता ल्याउन सम्भव नभएको बताएका छन । सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको सदनमा जवाफ दिने क्रममा उनले यस्तो अभिव्यक्ती दिएका हुन ।

आफु गणितमा कमजोर भएको भन्दै प्रधानमन्त्रीले नेपालका सबै जहाज प्रयोग गर्दा पनि ४५ लाख मानिसलाई ल्याउन कति समय वा उडान लाग्ला त्यो हिसाब गर्न प्रश्न गर्ने सांसदहरुलाई नै आग्रह गरे ।

Advertisement

प्रधानमन्त्रीले बाहिर रहेका नेपालीहरूको उद्धार गर्न भाषणमा भने जस्तो सजिलो नभएको बताए । उनले कतारले आफ्ना नागरिक लग्यो, हामीले कतारबाट किन नल्याउने भन्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने–उसकार एक डेढ सय नागरिक नेपालमा थिए, हाम्रा पौने चार लाख नागरिक छन, त्यहाँ कसरी ल्याउन सम्भव हुन्छ ?

आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुखलगायतसँग कुराकानी गरेको र उनीहरुले नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको प्रधानमन्त्रीले बताए । साथै समस्यामा परेका नेपाली नागरिकहरूलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको पनि उनले सदनलाई जानकारी दिए ।

Advertisement

प्रधानमन्त्री ओलीले ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा आफु नभएको पनि बता्ए ।

तपाईको प्रतिक्रिया