थपिए २७ जना कोरोना संक्रमित, कुल ४०२
समाधान संवाददाता
२०७७ जेठ ६ गते १७:०५

काठमाडौं, ६ जेठ
नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ पुरुष र ३ महिला गरी २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
झापामा ९, कपिलवस्तुमा ४, काठमाडौंमा ३, सर्लाहीमा २, मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासी समान एक–एक जना गरी जम्मा २७ जनामा कोरोनाको संक्रमण भेटिएको देवकोटाले जनाएका छन् ।
‘कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन्,’ उनले भने । पछिल्लो तथ्यांक अनुसार ३६ जिल्लामा संक्रमण पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया