थप ८ जना संक्रमित डिस्चार्ज, हालसम्म नेपालमा ४५ जनालाई निकाे भयाे

पाेखरा
विराटनगरको कोरोना विशेष अस्पतालबाट बुधबार थप ८ जना कोरोन संक्रमित निकाेपछि डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ बाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ।
बुधबार डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका छन् । गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेको स्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएका छ ।
अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।
नेपालमा कोरोना जित्नेको संख्या ४५ पुगेको छ। यस्तै ४ सय २ जना संक्रमित छन् । २ जनाको मृत्यु भएको छ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया