नेपालको नयाँ नक्सा जारी

समाधान संवाददाता २०७७ जेठ ७ गते १५:०२

समाधान संवाददाता

औपचारिक रुपमै नेपालको नयाँ नक्सा जारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ राजनैतिक तथा प्रशासनिक नयाँ सार्वजनिक गरेकी हुन् ।

नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर हो ।

Advertisement

नयाँ नक्सा जारी भएसँगै देशभर प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । मित्र राष्ट्र भारतले समेत यस कार्यलाई सकारात्मक रुपले लिने उनको विश्वास छ ।

सरकारी कार्यालय र विद्यालयका पाठ्यपुस्तकमा समेत नक्सा अद्यावधिक गरिने मन्त्री अर्यालले जानकारी दिइन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया