पाेखरा महानगरका ३ कर्मचारीकाे काेराेना रिपाेर्ट नेगेटिभ

समाधान संवाददाता २०७७ जेठ ७ गते १५:३५

पाेखरा

पाेखरा महानगरपालिकाकाे सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा काेराना रिपाेर्ट नेगेटिभ आएकाे छ । यसकाे अर्थ उनीहरुमा काेराेना संक्रमण छैन ।

श‌ंकाका आधारमा उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपाेर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब स‌ंकलन गरिएकाे थियाे ।

बुधबार गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण नदेखिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया