पाल्पाली समाजले निकाल्याे क्यालेन्डर

समाधान संवाददाता
पोखरा, ७ जेठ
पाल्पाली समाज पोखराले नयाँ वर्ष–२०७७ सालको क्यालेन्डर प्रकाशन गरेको छ । समाजको नयाँबजारस्थित कार्यालयमा आयोजित समारोहमा क्यालेन्डर सार्वजनिक गरिएकाे हाे ।
गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले पत्रकार भरत कोइरालालाई क्यालेन्डर हस्तान्तरण गरी सार्वजनिक गरेका हुन् ।
समाजले नियमित रुपमा हरेक वर्ष क्यालेन्डर निकाल्दै आएको छ । क्यालेन्डरमा समाजका गतिविधि, भावी कार्यक्रम एवं पाल्पाका पर्यटकीय एवं धार्मिक केन्द्रका तस्बिर समेटिएको छ
क्यालेन्डर विमोचनपछि प्रमुख सचिव बस्यालले समाजले पाल्पा र पोखराको पर्यटन प्रवर्द्धन लगायत क्षेत्रमा सिर्जनात्मक र रचनात्मक काम गरेको बताए ।
उनले पाल्पाली समाजले सबै क्षेत्रको लागि प्रेरणादायी काम गरेको भन्दै संस्थाको गतिविधिको प्रशंसा गरे । साथै आफू जहाँ भएपनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यसैगरी, लकडाउनकै कारण पाल्पाली सदस्य कोही बेरोजगारी भए आवश्यक मापदण्ड र स्वास्थ्य सचेतनासहित सामाजिक दूरी कायम गरी महानगर समन्वयमा काम दिलाउने वचन दिए ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका पूर्व अध्यक्षहरु नारायण पौडेल, बाबुराम खनाल, सल्लाहकारहरु जनपुकार मुनकर्मी, श्याम कुँवर, समाजका प्रथम उपाध्यक्ष रेशम रचक, द्वितीय उपाध्यक्ष बालचन्द्र परियार, सचिव केशव नेपाल, सदस्यलगायत उपस्थित थिए ।
।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया