जिप्रका मुस्ताङमा कोरोना सर्तकता

एसके थकाली
जोमसोम
नाेबेल बवेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बृद्धि भइरहेको अवस्थामा प्रहरी कार्यालयले कार्यरत सुरक्षाकर्मी तथा कार्यालय आउने सेवाग्राही लगायतको स्वास्थ्य निगरानी गर्ने दायरा बढाएको जिप्रका मुस्ताङले जनाएको छ ।
प्रहरी कार्यालयले गेट अगाडि साबुन पानीले हात धुने वाटर बैंक स्थापना गरेको छ । मुख्यद्वारमा खुट्टामा लगाइएको जुत्ता चप्पललाई सेनाटाइज गर्न रबरको बाँटामा फमसहित सेनेटाइजर झोल राखिएको छ । भित्र प्रवेश गर्ने जोकोहीले आफ्ना जुत्ता चप्पल भिजाउनु पर्ने हुन्छ ।
त्यस्तै मुख्य प्रवेशद्वारमा कोरोना हेल्थ डेस्क स्थापना गरिएको छ । जहाँ सामान्य थर्मल गनले ज्वरो नाप्ने काम हुन्छ । जरो नाप्न १ दैनिक २ जना सुरक्षाकर्मीलाई ड्युटी खटाइएको प्रहरी प्रवक्ता आषिश अधिकारीले जानकारी दिए । हेल्थ डेस्कमा ज्वरो नाप्ने काम अघि हातमा सेनेटाइजर लगाउनु पर्ने तोकिएको छ ।
ज्वरो नाप्न सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण पिपीइको व्यवस्था गरिएको प्रवक्ता अधिकारीले बताए ।
कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गराउन कार्यालयमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण व्यक्तिले बुधबार देखि बाहिरबाट भित्र प्रवेश गर्दा अनिवार्य हेल्थ डेस्कमा जरो नाप्नु पर्ने नियम तोकिएको छ । प्रहरी कार्यालयले सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्य मास्क लगाएर आउन समेत अनुरोध गरेको छ ।









सम्पादकीय—नयाँ मतदाताको परीक्षा
फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया