एकल महिला र अपांगता भएकाकाे भत्ता रोक्ने सरकारी निर्णय खारेज गर्न कांग्रेसको माग

समाधान संवाददाता २०७७ जेठ ८ गते ५:४६

पाेखरा

Advertisement

नेपाली कांग्रेस संसदीय दलले अतिअशक्त अपा‌ंग, ६० वर्षमुनिका असहाय एकल, (विधवा) महिलालाई सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने सरकारको निर्णयको विरोध जनाएको छ।

प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत् सरकारी निर्णयको विरोध गरेका छन्। नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित नरहने प्रावधानअनुसार भत्ता दिइँदै आएको कांग्रेसले जनाएको छ। भत्ता रोकिनु अमानवीय कार्य भएको उल्लेख गर्दै निर्णयलाई तत्काल खारेज गर्न माग गरिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रणाली अपग्रेड नहुन्जेल तेस्राे चौमासिक भत्ता वितरण नगर्ने जनाएको हो।

कोरोना संक्रमणबाट संकटमा परेका नागरिकलाई थप राहत प्रदान गर्नुपर्ने समयमा पाउँदै आएको भत्ता कटौती गर्ने निर्णय मान्य नहुने कांग्रेस सांसद डिला संग्रौलाले बताइन्।

Advertisement

तपाईको प्रतिक्रिया