१८ करोड अकुत सम्पत्ति आर्जन गरेकाे आराेमा विशेष अदालतमा मुद्दा दायर

काठमाडाैं
खरिदारबाट जागिर सुरु गरेर शाखा अधिकृतबाट अवकाशप्राप्त कर्मचारीले जागिरे जीवनकाे ३७ वर्षमा करिब १८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेकाे आराेसपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
पाेहाेरसम्म टोखा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ऋषिराम अर्यालले अस्वाभाविक सम्पत्ति जोडेको आयाेगकाे आराेप छ ।
उनीविरुद्ध आयोगले बुधबार विशेष अदालतमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हाे । १७ करोड ८३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेपछि उनको परिवारैविरुद्ध मुद्दा दायर भएको छ ।
अर्यालले राजपत्रांकित अनंकित द्वितीय तहबाट ०३९ सालमा जागिर थालेका थिए । गाविससचिवका रूपमा स्याङ्जाबाट जागिर सुरु गरेका उनले लामो समय स्थानीय तहमा काम गरे । पछिल्लोपटक टोखा नगरपालिकामा कार्यरत थिए ।
आयोगले ऋषिरामकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरू सुशील अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ ।
उनले श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा ५ करोड ४४ लाख ८५ हजार आठ सय ५४ रुपैयाँमा घरजग्गा खरिद गरेका थिए । विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरूका साधारण तथा संस्थापक सेयर खरिदमा नौ करोड १३ लाख ७८ हजार एक सय २१ रुपैयाँको लगानी गरेको देखिएको छ । छोरीछोराहरूको अध्ययनमा २० लाख ३२ हजार, विवाहमा २८ लाख खर्च गरेको आयोगले जनाएको छ ।
न्यू लिंक कापी उद्योग र एलडी इन्टरप्राइजेज फर्ममा चार करोड ४२ लाख ५० हजार लगानी गरेका थिए । १२ लाखको सवारीसाधन, चार लाखको सुन, चार करोड ५० लाख ३३ हजार रुपैयाँ विभिन्न व्यक्तिलाई दान तथा सरसापटी दिएकोसमेत आयोगको छानबिनमा खुलेको छ ।
बैंक खाताहरूमा १५ लाख ७६ हजार गरी उनीहरूसँग २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको सम्पत्ति भेटिएको छ । जसमध्ये अर्यालले जम्मा आठ करोड ७७ लाख २७ हजार चार सय ८३ रुपैयाँबराबरको सम्पत्ति मात्र वैधानिक रूपमा आय आर्जन गरेको र बाँक सम्पत्ति भ्रष्टाचार गरेर उनले कमाएको आयोगाको दाबी छ ।
उनले धेरै सम्पत्ति काठमाडौंको साबिकको धापासी, टोखा सरस्वती गाविस भीमढुंगा गाविसमा सचिवका रूपमा रहँदा कमाएका थिए । अनुसन्धानमा आबद्ध आयोगका एक अधिकारीका अनुसार आफू कार्यरत रहेका गाविस तथा कार्यक्षेत्रअन्तर्गतका अधिकांश स्थानमा घरजग्गा सिर्जना गरेको पाइएको छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया