काेराेनाले विश्वभर ३ लाख २८ हजारकाे मृत्यु

पाेखरा
काेराेना भाइरसका कारण विश्वभर ३ लाख २७ हजार ६ सय ४२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी रहेकाे जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांकमा जनाइएकाे छ । त्यहाँ ९३ हजार ४ सय ६ जनाको मृत्यु भएको छ।
बेलायतमा ३५ हजार ७ सय ८६, इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३५, स्पेनमा २७ हजार ८ सय ८८, ब्राजिलमा १८ हजार ८ सय ५९, बेल्जियममा ९ हजार १ सय ५० जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।
भारतमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ।
हालसम्म विश्वभर ४९ लाख ९२ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सर्वाधिक १५ लाख ५० हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रुसमा ३ लाख ८ हजार ७ सय ५, ब्राजिल २ लाख ९१ हजार ५ सय ७९, बेलायतमा २ लाख ४९ हजार ६ सय १९, स्पेनमा २ लाख ३२ हजार ५ सय ५५, इटालीमा २ लाख २७ हजार ३ सय ६४, फ्रान्समा १ लाख ८१ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
छिमेकी मुलुक भारतमा १ लाख १२ हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। सर्वा्धिक संक्रमण फैलिएका देशको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, ब्राजिल, रुस र अमेरिका छन्।
विश्वभर १८ लाख ९५ हजार ८ सय ३४ जना कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी अर्थात् २ लाख ९४ हजार ३ सय १२ छ।
जर्मनीमा १ लाख ५६ हजार ९ सय ६६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख २ सय ८२, ब्राजिलमा १ लाख १६ हजार ७ सय ८३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
भारतमा ४५ हजार ४ सय २२ जना संक्रमणमुक्त भइसकेका छन्।
तपाईको प्रतिक्रिया