गाउँको बारे निबन्ध प्रतियोगिता

काठमाडौं, ८ जेठ
लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।
मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध topfnepal77@gmail.com मा जेठ २० गतेभित्र पठाउनु पर्नेछ ।
‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तीमा ३ वटा तस्बिर हुनु पर्नेछ,’ खड्का भन्छन्, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट ३ निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं ।’
मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ । ‘पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गाउँ ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं,’ उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय सम्भावना भएका थुप्रै ठाउँ छन् । त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं ।’
पर्यटन प्रवर्द्धन मञ्च पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था हो । यसले प्रतियोगिताबाट उजागर हुने गाउँहरूको पर्यटन विकासमा पनि सहयोग पुर्याउने जनाएको छ ।









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया