इन्जिनियर विष्णु कोइरालालाई पितृशोक

समाधान संवाददाता २०७७ जेठ ८ गते १७:३९

समाधान


इन्जिनियर तथा फेवा कन्ट्रक्सनका सञ्चालक विष्णुराज कोइरालालाई पितृशोक परेको छ । उनका ७८ वर्षे पिता गणेश कोइरालाको बुधबार आफ्नै निवास डिहिकोपाटन लेकसाइड पोखरामा निधन भएको थियो ।

Advertisement

स्वर्गीय कोइरालाको बिहीबार सेतीनदीमा अन्तिम संस्कार भएको छ । कोइरालाको पार्थिव शरीरमा छोराहरु विष्णुराज कोइराला, रामचन्द्र कोइराला, दिनेश कोइराला र सागर कोइरालाले दागवत्ती दिएका थिए । माइला छोरा राजुराज कोइराला र साहिँला छोरा शंकरराज कोइराला भने हाल क्रमशः बेलायत र अस्ट्रेलियामा छन् ।

Advertisement

२००० सालमा जन्मिएका कोइराला समाजसेवी थिए । फेवा कन्ट्रक्सनका संस्थापक अध्यक्ष गणेश कोइराला विगत ६ वर्षदेखि मस्तिष्क पक्षघात समस्याबाट पीडित थिए । स्वर्गीय कोइरालाका २ श्रीमती, ६ छोरा र ३ छोरी छन् ।

तपाईको प्रतिक्रिया