प्रदेश सांसद बरालको आकस्मिक शल्यक्रिया, खतरामुक्त

समाधान संवाददाता २०७७ जेठ ८ गते १७:४८

समाधान संवाददाता

गण्डकी प्रदेश सभाका सदस्य रामजी बरालको आकस्मिक शल्यक्रिया भएको छ । विहिबार विहान एक्कासी पेट दुखेर अस्पताल भर्ना भएका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो ।

Advertisement

प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापा अनुसार उनको आन्द्रा बटारिएको थियो । तत्काल रोग पहिचान गरेर तुरुन्तै शल्यक्रिया नगरिएको भए उनको अवस्था जटिल हुन सक्थ्यो । अहिले उनी खतरामुक्त छन् ।

पेट दुख्नासाथ सृजनाचोक स्थित मेट्रोसिटी अस्पताल भर्ना भएका बराललाई पिडा बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रतिष्ठानमा पुर्याएको एक घण्टा भित्रै शल्यक्रिया गरिएको थियो । डा.नरेन्द्र गुरुङ र डा.सुरेश पौडेलको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया