५ नम्बर प्रदेशका २ सांसदको आरडीटी पोजिटिभ

समाधान संवाददाता २०७७ जेठ ८ गते १९:११

बुटवल

Advertisement

बजेट अधिवेशनको तयारी स्वरुप प्रदेश सांसदहरुमा गरिएको कोरोना भाइरस परीक्षणको क्रममा २ सांसदको आरडिटी पोजेटिभ देखिएको छ । प्रदेश ५ को बजेट अधिवेशन भोलि शुक्रबार सुरु हुँदैछ ।


अघिवेशन अघि गरिएको परीक्षणमा २ सांसदसहित ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जनाएका छन् ।

Advertisement


सचिवालयका कर्मचारी १ र ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डको रिपोर्ट पोजेटिभ आएको हो । पिसिआर किट अभाव भएपछि सांसदहरुको आरडीटी परीक्षण गरिएको थियो । आरडिटीमा पोजिटिभ आएका सांसद क्वारेन्टाइनमा बस्न थालेका छन् । ‘उहाँहरुको पिसिआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ,’ श्रेष्ठले भने ।

Advertisement

तपाईको प्रतिक्रिया