गण्डकी प्रदेशमा थपिए संक्रमित, मुलकभर ४ सय ८७ मा संक्रमण

समाधान संवाददाता २०७७ जेठ ९ गते १०:३७

पाेखरा

Advertisement

गण्डकी प्रदेशका थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार नवलपरासी (पूर्व) काे विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्पीय पुरुषमा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

याेसँगै गण्डकीका ५ जनामा काेराना पुष्टि भएकाे छ । बागलुङका २ जना निकाे भएर घर गइसकेका छन् । लमजुङ घर भएका बालकलाई काठमाडाै‌मा संक्रमण देखिएकाे छ । नवल‍पुरकै १ महिलामा पनि काेराेना देखिएपछि उनकाे भरतपुरमा उपचार भइरहेकाे छ ।

नवलपुरका १ जनासँगै शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि हुँदा नेपालभर संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। शुक्रबार संक्रमण पुष्टि भएकामध्ये सर्लाहीका १५ जना छन् ।

सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हाे ।

Advertisement

चितवनमा ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला पनि संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका ६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार संक्रमण पुष्टि भएका ३० जनाको सूची

नवलपरासी (पूर्व) १ जना
विनय त्रिवेणी गाउँपालिका( ६ निवासी ४५ वर्पीय पुरुष

चितवन २ जना
भरतपुर महानगरपालिक ६ निवासी ७४ वर्षीय पुरुष, ७३ वर्षीया महिला

नवलपरासी (पश्चिम)( ३ जना
सुस्ता गाउँपालिका ५ तथा रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीय महिला

कपिलवस्तु ९ जना
वाणगंगा नगरपालिका,मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ६ वर्षीया बालिका

सर्लाही १५ जना
गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीया महिला

तपाईको प्रतिक्रिया