संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय

समाधान संवाददाता २०७७ जेठ ९ गते १२:४२

काठमाडौं, ९ जेठ

Advertisement

लिम्पियाधुरासम्मको नयाँ नक्सा पारित गरेको सरकारले संविधान संशोधनको प्रस्ताव संसद लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले नेपालको नयाँ नक्सा संविधानमा राख्न संशोधनको त्यस्तो प्रस्ताव लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्छ । सोही संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिएकी छन् ।

अहिले निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको छ ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गते डाकिएको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया