सफल मिडियाका कर्मचारीको कोरोना बिमा

समाधान संवाददाता २०७७ जेठ ९ गते १७:३७

सफल मिडिया हाउस प्रालि र सफल बिज लिंक पोखराले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै यो बिमा गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिएको सफल मिडिया हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गाप्रसाद हुमागाईंले बताए ।

सफल मिडिया हाउस प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखाबीच शुक्रबार कोराना बिमा सम्झौता भएको हो ।

मिडिया हाउसका कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ देखिए बिमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने छ । यो बिमाको अवधि १ वर्षको हुने कार्यकारी निर्देशक हुमागाईंले बताए ।


२०६१ सालदेखि पोखरामा प्रधान कार्यालय स्थापना गरी सफल मिडियाले राष्ट्रिय तथा स्थानीय प्रकाशन/प्रसारण संस्थामा विज्ञापन प्रकाशन/प्रसारणका साथै मिडिया सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।

मिडिया हाउस प्रालि र सफल बिज लिंकले बालुवाटार काठमाडौंमा समेत कार्यालय खोली सेवा प्रदान गरिहेको हाउसकी प्रबन्ध निर्देशक सरीता दाहालले बताइन् ।

तपाईको प्रतिक्रिया