गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीमा कोरोना नेगेटिभ

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै ७ जना मन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मुख्यमन्त्री, मन्त्री, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो ।
सभामुख नेत्रनाथ अधिकारी, सांसदहरु, सचिवालय कर्मचारी, पिए र चालक सहित १ सय १२ जनाको बुधबार स्वाब संकलन गरिएको थियो । उनीहरुको परीक्षण रिपोर्ट भने आइनसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । ‘मंगलबार संकलन भएको सबै स्वाबको रिपोर्ट नेगेटि आएको छ । बुधबार संकलित स्वाबको रिपोर्ट भने आएको छैन,’ उनले भने ।
बुधबार स्वाब संकलनमा छुटेका प्रदेश सांसद, प्रदेश सभा सचिवलयका कर्मचारी गरी ४७ जनाको स्वाब शुक्रबार संकलन गरिएको छ । बुधबार संकलित १ सय १२ र आजका ४७ जनाको कोरोना परीक्षण रिपोर्ट शनिबार आउने शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि पोखरा सभागृहमा सुरु हुँदै छ । त्यसकै पूर्वसन्ध्यामा सतर्कता स्वरुप बैठकमा सहभागी हुने सबैको कोरोना परीक्षण गरिएको हो ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया