गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीमा कोरोना नेगेटिभ

समाधान संवाददाता २०७७ जेठ ९ गते २०:१०

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै ७ जना मन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मुख्यमन्त्री, मन्त्री, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो ।

सभामुख नेत्रनाथ अधिकारी, सांसदहरु, सचिवालय कर्मचारी, पिए र चालक सहित १ सय १२ जनाको बुधबार स्वाब संकलन गरिएको थियो । उनीहरुको परीक्षण रिपोर्ट भने आइनसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । ‘मंगलबार संकलन भएको सबै स्वाबको रिपोर्ट नेगेटि आएको छ । बुधबार संकलित स्वाबको रिपोर्ट भने आएको छैन,’ उनले भने ।

Advertisement

बुधबार स्वाब संकलनमा छुटेका प्रदेश सांसद, प्रदेश सभा सचिवलयका कर्मचारी गरी ४७ जनाको स्वाब शुक्रबार संकलन गरिएको छ । बुधबार संकलित १ सय १२ र आजका ४७ जनाको कोरोना परीक्षण रिपोर्ट शनिबार आउने शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि पोखरा सभागृहमा सुरु हुँदै छ । त्यसकै पूर्वसन्ध्यामा सतर्कता स्वरुप बैठकमा सहभागी हुने सबैको कोरोना परीक्षण गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया