विद्यालय भवन बनाउँदा घुस लिने प्राविधिकविरुद्ध मुद्दा
समाधान संवाददाता
२०७७ जेठ ९ गते २०:५९

पाेखरा
अख्तियार दुरुपाेग अनुसन्धान आयाेगले पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीका सब इञ्जिनियर नवलेशकुमार रौनियारविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेकाे छ ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा सेवाग्राहीसँग घूस लिएको आरोपमा आयोगको टोलीले उनलाई फागुनकाे दाेस्राे साता पक्राउ गरेको थियाे ।
कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका ती प्राविधिकले ४० हजार ५ सय रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा आयोगको टोलीले रौनियारलाई पक्राउ गरेको थियाे ।
आयाेगले ४० हजार ५ सय रुपैयाँ विगाे कायम गरी विशेषमा मुद्दा दायर गरेकाे आयाेगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए
सम्बन्धित








विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया