विद्यालय भवन बनाउँदा घुस लिने प्राविधिकविरुद्ध मुद्दा
समाधान संवाददाता
२०७७ जेठ ९ गते २०:५९
पाेखरा
अख्तियार दुरुपाेग अनुसन्धान आयाेगले पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीका सब इञ्जिनियर नवलेशकुमार रौनियारविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेकाे छ ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा सेवाग्राहीसँग घूस लिएको आरोपमा आयोगको टोलीले उनलाई फागुनकाे दाेस्राे साता पक्राउ गरेको थियाे ।
कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका ती प्राविधिकले ४० हजार ५ सय रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा आयोगको टोलीले रौनियारलाई पक्राउ गरेको थियाे ।
आयाेगले ४० हजार ५ सय रुपैयाँ विगाे कायम गरी विशेषमा मुद्दा दायर गरेकाे आयाेगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए
सम्बन्धित
तपाईको प्रतिक्रिया