कोरोनाबाट ३ लाख ३७ हजारको मृत्यु, ५२ लाख ५ हजार संक्रमित

समाधान संवाददाता २०७७ जेठ १० गते ६:५४

पाेखरा

विश्वभर कोरोना संक्रमणबाट ३ लाख ३७ हजार ५ सय ७२ जनाकाे मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा ३६ हजार ४ सय ७५, इटालीमा ३२ हजार ६ सय १६, स्पेनमा २८ हजार ६ सय २८, फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।

Advertisement

भारतमा ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

यसैगरी विश्वरभ काेराेना संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९ सय पुगेको छ। अमेरिकामा सबैभन्दा बढी १६ लाख ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, रुसमा ३ लाख २६ हजार ४ सय ४८, बेलायतमा २ लाख ५५ हजार ५ सय ४४, स्पेनमा २ लाख ३४ हजार ८ सय २४, इटालीमा २ लाख २८ हजार ६ सय ५८ र फ्रान्समा १ लाख ८२ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख २४ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

विश्वभर २० लाख ५४ हजार १ सय २५ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वा्धिक छ। त्यहाँ ३ लाख ५० हजार १ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ५९ हजार ६४, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३६ हजार ७ सय २०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्।

भारतमा ५१ हजार ८ सय २४ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया