रकम अनियमितता गर्ने महासेनानी बर्खास्त, पाैन २ करोड असुल, २ महिना कैद

काठमाडौं
नेपाली सेनाले आर्थिक अनियमितता गरेको कसुरमा महासेनानी भूपालमान अधिकारीलाई सेवाबाट बर्खास्त गर्दै २ महिना कैद सजाय दिने निर्णय गरेको छ।
उनीबाट आर्थिक अनियमिततामा १ करोड ८५ लाख रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। सैनिक अदालतले यो निर्णय गरेको हो।
उनीसहित ४ जनालाई सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको भन्दै सैनिक अदालतले सजाय सुनाएको हो।
सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको गत फागुन २३ को रायसहितको प्रतिबेदनको आधारमा तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा चैत ६ गते गठित समरी जनरल सैनिक अदालतबाट गत जेठ ६ गते गरिएको फैसला सम्बन्धितहरुलाई शुक्रबार सुनाइएको सेनाको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सोही केसमा आर्थिक अनियमिततामा संलग्न प्रमुख सेनानी देवबहादुर क्षेत्रीलाई २ वर्ष बढुवा रोक्का गर्ने र ४ लाख ८० हजार रुपैयाँ असुल गर्ने फैसला पनि सैनिक अदालतले गरेको छ।
हुद्दा यज्ञराज पोखरेललाई सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय पनि अदालतले गरेको छ। उनलाई ३ लाख ६० हजार रुपैयाँ असुल गर्ने निर्णय पनि गरेको छ।
हुद्दा गणेशबहादुर अधिकारीलाई २ वर्ष तलब वृद्धि रोक्का गर्ने र १० हजार रुपैयाँ असुल्ने निर्णय पनि भएको छ।
लेखा हेर्ने सहसेनानी सुरेन्द्रविक्रम भण्डारीले आर्थिक कार्यह गर्दा कानुनी प्रक्रिउा अवलम्बन नगरी गरेकाले नसिहत दिने फैसला पनि भएको छ।
अन्य १३ जनाले अभियोग मागदाबाट सफाइ पाउने गरी ठहर फैसला भएको छ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया