सञ्चय कोषको विशेष सापटी सेवा अनलाइनबाट

समाधान संवाददाता २०७७ जेठ १० गते ७:३८

पाेखरा

Advertisement

कर्मचारी सञ्चय कोषले विशेष सापटी सेवालाई अनलाइन मार्फत दिने भएको छ । कोरोनाभाइरसका कारण गत ११ चैतदेखि जारी लकडाउनले बन्द रहेका कोषका सेवामध्ये विशेष सापटी सेवालाई मात्रै आइतबारदेखि अनलाइनबाट सञ्चालन गरिने भएको हो।

बन्दाबन्दीले यातायात र हिंडडुलमा भएको असहज अवस्थालाई हेरेर कोषले सरल, सहज प्रभावकारी रूपमै यो सेवा उपलब्ध गराउन लागेको हो । हाललाई यो सेवा विशेष सापटी लिन योग्य र केवाइसी अद्यावधिक गरेका सञ्चयकर्ताले लिन सक्नेछन्।

यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा प्राप्त निर्देशनअनुसार अनलाइन फारम भरेर स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने कोषले जानकारी दिएको छ।

कोषले उक्त आवेदन फारमलाई रुजु गरेर सम्बन्धित सञ्चयकर्ताको बैंक खातामा नै रकम जम्मा गरिदिने व्यवस्था मिलाएको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

कोषले कोभिड १९ का कारण हाल बन्द रहेका अन्य सेवाहरू क्रमश सञ्चालनको तयारी गरिरहेको जनाएकाे छ । लकडाउन खुकुलो हुने बित्तिकै कोषका कार्यालयहरूमार्फत सुरक्षित रूपमा कोषका अन्य सेवाहरु प्रवाह हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया