मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना
पाेखरा
देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो।
बंगलादेशको आसपासमा अवस्थित चक्रवात अम्पुन कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको छ र यसले नेपालको पूर्वी भू–भागमा आंशिक प्रभाव पारेको मौसमविदले बताएका छन् ।
अहिले पश्चिम पहाडी भू–भागसहित मध्य तथा पूर्वी भू–भागमा सामान्य बदलीको अवस्था छ । यस्तै बाँकी भू–भागमा आंशिक बदली भएको छ।
शनिबार दिउँसो देशको पश्चिमी पहाडी भू–भाग लगायत मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली हुने मौसमविदले बताए । देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।
यस्तै मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशैभरि सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया