मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना

पाेखरा
देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो।
बंगलादेशको आसपासमा अवस्थित चक्रवात अम्पुन कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको छ र यसले नेपालको पूर्वी भू–भागमा आंशिक प्रभाव पारेको मौसमविदले बताएका छन् ।
अहिले पश्चिम पहाडी भू–भागसहित मध्य तथा पूर्वी भू–भागमा सामान्य बदलीको अवस्था छ । यस्तै बाँकी भू–भागमा आंशिक बदली भएको छ।
शनिबार दिउँसो देशको पश्चिमी पहाडी भू–भाग लगायत मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली हुने मौसमविदले बताए । देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।
यस्तै मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशैभरि सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया