पूर्वयुवराज पारस चढेको गाडी पाेखरामा गोरुसँग ठोक्किएपछि

समाधान संवाददाता
पूर्वयुवराज पारस शाह यतिबेला पोखरामा छन् । पोखरामै रहेका बेला हृदयाघात भयो भन्ने खबरले उनी चर्चामा आएका बेला उनले सार्वजनिक गरेको भिडियो झनै चर्चामा आयो ।
त्यसपछि फेवा किनारका जलारी परिवारलाई राहत वितरण गरेको भिडियो पनि चर्चामै रह्यो । चर्चामा आइरहने पारस शाह फेरि अर्कोपटक चर्चामा आएका छन्, उनी चढेको गाडीले शनिबार मध्यरातमा गोरुलाई ठक्कर दियो । बिहानपख पौन २ बजेतिर भएको घटनामा गोरु मरे पनि गाडी र गाडीमा सवारलाई भने केही भएको छैन ।
पारस चढेको बा१४च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको हो । त्यतिबेला गाडीमा पारससहित ३ जना थिए । वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालले गाडीमा पारस साह भए पनि अशोक गुरुङले हाँकेका थिए ।
घटना हुँदा उक्त गाडीभित्र पारस शाहसहित जना ३ व्यक्ति सवार थिए । तर, गाडी भने पारस शाहले भने नचलाएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका डिएसपी ढकालले उक्त गाडी अशोक गुरुङले चलाएको जानकारी दिए ।
दुर्घटनापछि चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकवाहेक २ जना प्यासेन्जर गाडीमा रहेको र उपचारका लागि अस्पताल जाने क्रममा दुर्घटना भएका डिएसपी यादवको भनाइ थियो । दुर्घटना चालकले गराएको हुनाले प्यासेन्जर को थिए भन्ने प्रहरीले चासो नदिएको उनले बताए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया