पूर्वयुवराज पारस चढेको गाडी पाेखरामा गोरुसँग ठोक्किएपछि

समाधान संवाददाता
पूर्वयुवराज पारस शाह यतिबेला पोखरामा छन् । पोखरामै रहेका बेला हृदयाघात भयो भन्ने खबरले उनी चर्चामा आएका बेला उनले सार्वजनिक गरेको भिडियो झनै चर्चामा आयो ।
त्यसपछि फेवा किनारका जलारी परिवारलाई राहत वितरण गरेको भिडियो पनि चर्चामै रह्यो । चर्चामा आइरहने पारस शाह फेरि अर्कोपटक चर्चामा आएका छन्, उनी चढेको गाडीले शनिबार मध्यरातमा गोरुलाई ठक्कर दियो । बिहानपख पौन २ बजेतिर भएको घटनामा गोरु मरे पनि गाडी र गाडीमा सवारलाई भने केही भएको छैन ।
पारस चढेको बा१४च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको हो । त्यतिबेला गाडीमा पारससहित ३ जना थिए । वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालले गाडीमा पारस साह भए पनि अशोक गुरुङले हाँकेका थिए ।
घटना हुँदा उक्त गाडीभित्र पारस शाहसहित जना ३ व्यक्ति सवार थिए । तर, गाडी भने पारस शाहले भने नचलाएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका डिएसपी ढकालले उक्त गाडी अशोक गुरुङले चलाएको जानकारी दिए ।
दुर्घटनापछि चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकवाहेक २ जना प्यासेन्जर गाडीमा रहेको र उपचारका लागि अस्पताल जाने क्रममा दुर्घटना भएका डिएसपी यादवको भनाइ थियो । दुर्घटना चालकले गराएको हुनाले प्यासेन्जर को थिए भन्ने प्रहरीले चासो नदिएको उनले बताए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया