कालीगण्डकीमा हराएका एम्बुलेन्स चालक मृत भेटिए
समाधान संवाददाता
२०७७ जेठ १० गते १५:२१

म्याग्दी
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ ।
गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।
बेनी नगर पालिका–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए । बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेकाे थियाे ।
चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया