नेपालमा आज थपिएका ६८ जना नयाँ संक्रमित कहाँ कहाँ हुन् ? ठेगानासहित

समाधान संवाददाता २०७७ जेठ १० गते १७:००

समाधान संवाददाता पाेखरा

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार मात्रै ६८ जना नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयले ३२ जनाको रिपोर्ट बिहानै दिएको थियो भने साँझ थप ३६ जना संक्रमित भएको बताएको छ ।

शनिबार साँझ दिएको जानकारी अनुसार संक्रमित ३६ जना मध्ये वाँकेमा मात्रै २७ जना छन् । बाँकेको नरैनापुर सबैभन्दा बढी संक्रमित स्थल बनेको छ । त्यस्तै पश्चिमकै बर्दियाको बढैया तालका १ जना १९ वर्षे युवा पनि संक्रमित भएका छन् भने बैतडीमा ४ जना नयाँ संक्रमित फेला परेका छन् । पूर्वको झापा गाउपालिका झापामा पनि १ जना नयाँ संक्रमित फेला परेका छन् भने पश्चिमको सुर्खेतमा ३ मा कोरोना भाइरस लागेको पुष्टि भएको छ ।

Advertisement

त्यस्तै विहान पुष्टि भएका ३२ जना मध्ये सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८ जना, बारा, चितवन र काठमाडौका १–१ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोनाबाट नेपालमा ३ जनाको मृत्यु भएको छ भने ७१ जना निको भएर फर्केका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया